काठमाडौं मंसिर २८, गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत उपत्यकाको १५ निर्वाचन क्षेत्रका ३० प्रदेस सभामा यसपटक वामघटकको वर्चश्व कायम भएको
काठमाडौं १० निर्वाचन क्षेत्र, ललितपुरको ३ निर्वाचन क्षेत्र त्यस्तैगरि भक्तपुरको २ निर्वाचन क्षेत्रबाट कुल ३० प्रदेशसभा सदस्य निर्वाचित भएकोमा वाम गठबन्धका २५ उम्मेदवार र काँग्रेसबाट काठमाडौ क्षेत्र नं १ को क मा दीपेन्द्र श्रेष्ठ, काठमाडौं नं ३ को क मा छिरिङ दोर्जे लामा, काठमाडौं ४ को क मा नरोत्तम वैद्य र काठमाडौं –१० को क मा पुकार महर्जन तथा भक्तपुर–१ को क मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएको हो । त्यस्तै प्रतिनिधिसभा वाम गठबन्धनले १० नेपाली काँग्रेसले ४ नेपाल मजदुर किसान पार्टीले भक्तपुरको १ निर्वाचन क्षेत्रमा निर्वाचित भएको छ ।