शनिबार, बैशाख ८, २०८१

उदयपुर १ मा डा.खड्का र सुनसरी क्षेत्र नं ४ मा अर्थमन्त्री कार्की निर्वाचित

Nepali Congress central member and former urban development minister Narayan Khadka in Udayapur district, on Tuesday, November 14, 2017. Photo: THT

काठमाडौं मंसिर २५ , उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले वाम गठबन्धनका मञ्जुकुमारी चौधरीलाइ पराजित गर्दै निर्वाचित हुनु भएको छ । निर्वाचित खड्काले ३३ हजार १४२ मत प्राप्त गर्दैगर्दा चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नु भएको थियो ।

  त्यस्तै प्रतिनिधिसभा अन्र्तगत सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा अर्थमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।  आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार कार्कीले वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका रमेश श्रेष्ठलाई छ हजार ५९७ मतान्तरमा पराजित गर्दै विजयी हुनुभएको हो । कार्कीले ३२ हजार ३४७ मत पाउनुभएको छ भने श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।