शुक्रबार, चैत्र १६, २०८०

आयोगले आज समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्ने

काठमाडौ पुस ७,  निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।  आयोगले आज दिउँसो बस्ने आयोगको बैठकपछि प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट सख्याको नतिजा सार्वजनिक गर्ने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

 प्रस्तुत निर्वाचन प्रणाली तर्फ नेकपा एमालेले सबैभन्दा बढी ३१ लाखभन्दा बढी मत प्राप्त गरेको छ भने नेपाली काँग्रेस दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै समानुपातिकतर्फको बदर मतको संख्या निकै बढी रहेको जनाउदै समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १।५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै राजनीतिक दललाई उम्मेदवारको बन्दसूचीको लागि पेश गरेको समावेशीको आधार मिलाएर एक साताभित्र केन्द्रीय कार्यसमितिको वैठकबाट नाम अनुमोदन गराएर पठाउन समयावधि प्रदान गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।