बुधबार, बैशाख १२, २०८१

आगामी साता पूर्वराजा सपरिवार मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाँदै

काठमाडौ पुस ७ , पूर्व राजा ज्ञानेन्द्र शाह आउँने साता  मध्यपश्चित तथा सुदूरपश्चिमको भ्रमणमा जाने तयारीमा रहेको बुझिएको छ । पूर्व राजा शाहका निजि संवाद सचिव  फणिराज पाठकका अनुसार पूर्वराजा, पूर्व महारानी  कोमल राज्यलक्ष्मी  सहित सपरिवार निजी भ्रमणका सिलसिलामा  त्यसतर्फ  जाने कार्यक्रम तय भएको  बुझिएको  छ ।

 मुलुकमा प्रतिनीधिसभा तथा प्रदेशसभाको निर्वाचन पूर्व भाइटिकाका दिन मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको सवालमा आफ्नो अभिमत सार्वजनिक  गर्दै   दुवो, गोदावरी र मखमली फूलको मह्त्वलाइ वेवास्ता गर्दै कागजी फूलको सुवास खोज्ने परिस्थतीमा हिड्नुको कुनै अर्थ अभिव्यक्ति दिनु भएका    पूर्वराजा शाहले सम्पन्न निर्वाचनको सवालमा भने कुनै प्रतिक्रिया दिनु भएको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।