बिहिबार, चैत्र १५, २०८०

आगलागीमा परी एकको मृत्यु २ जना कामदार गम्भिर घाइते

(फाइल फोटो)

 काठमाडौं कार्तिक् २३ , राजधानीको त्रिपुरेश्वरस्थित आलम मेकानिकल वर्कसपमा आज साँझ भएको आगलागीमा परी एकजनाको मृत्यु भएको २ जना कामदार गम्भिर घाइते भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।  प्रहरीका अनुसार आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको र घाइतेद्दयको ट्रमा सेन्टरमा उपचार भइरहेको थाहाभएको छ ।

 त्यस्तै आगोलागीको कारणबारे अनुसन्धान भइरहेको जनाउँदै काठमाडौं र ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दमकल र अग्नि नियन्त्रक टोलीले आगोलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।