बिहिबार, बैशाख ६, २०८१

१२ नोभेम्बरमा नेपाल आइडलको विशेष कन्सर्ट हुँदै

काठमाडौ कार्तिक २१ , नेपाल आइडल विजेताहरुको दोश्रो सार्वजनिक कार्यक्रम संसारा ग्रुप अन्तर्गतको मनकामना मनी ट्रान्सफर र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा लण्डनमा सम्पन्न भएको छ ।   कन्सर्टको उदघाटन बेलायतका लागि नेपाली राजदूत डा.  दुर्गाबहादुर सुवेदी,मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी र तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङले गर्नु भएको थियो ।  त्यस्तै दोश्रो शो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टरमा भएको थियो भने , चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने भएको छ ।