बुधबार, बैशाख १२, २०८१

९५ करोडको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्का

मुलुकका ७७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र
निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का

 काठमाडौ कात्तिक १५ , निर्वाचन आयोगले गत आइतवार संसद् नरहेको अवस्थामा सांसदले गर्ने काम भूतपूर्व सांसदले गर्न नसक्ने ठहर गर्दै आयोगले विशेष निर्णय सहित सांसद विकास कोषका नाममा स्वीकृत सबै योजना, परियोजना, आयोजना तथा कार्यक्रमहरु रद्द गर्ने निर्णय गरेसंगै मुलुकका ७७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भएका छन ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार रौतहट, कास्की, रुपन्देही, रुकुम पश्चिम, कालीकोट, अछाम र बैतडी जिल्लामा योजना पारित भइ रकम निकासको तयारीमा रहेको  ९५ करोड रकम रोक्का भएको आयोगले जनाएको छ ।

 सांसद विकास कोषका रद्द गरिएका योजना, आयोजना र कार्यक्रमहरुको बजेट रोक्का राखी त्यससम्बन्धी प्रतिवेदन सोमबार नै आयोगमा पठाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले यसअघिनै निर्देशन दिएको थियो निर्देशन दिएको थियो ।