बिहिबार, बैशाख १३, २०८१

४ जिल्लाको सीडीओको सरुवा, उपत्यकामा शंकास्पद गतिविधिमा रुमलिएका ९५ जना पक्राउ

 काठमाडौं मंसिर ६   पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पाँच दिनअघि गृह मन्त्रालयले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका प्रमुख जिल्ला अधिकारी को सरुवा गरेको छ ।  चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै गृहले यि ४ जिल्लाको सीडीओ परिवर्तन गरेको हो । त्यस्तै सोलखुम्बुमा सूर्य खनाल, भोजपुरमा फणीन्द्र दाहाल, रसुवामा चोमेन्द्र न्यौपाने र नुवाकोटामा वीरेन्द्रकुमार यादवलाई नयाँ जिम्मेवारी समेत दिईएको छ ।

यसैवीच काठमाडौं उपत्यकाका तीन जिल्लाबाट विगत २४ घण्टामा ९५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयले लाइ उदृत गर्दै समाचार प्राप्त भएको छ ।   प्राप्त् समाचारमा उल्लेख भएअनुसार शंकास्पद गतिविधिमा रुमलिएका अवस्थामा यसरी प्रक्राउ पर्नेहरु कोहि मापसे त कोहि झैझगडा र केहि प्रहरीको फरार सूचीमा समेत रहेको जनाउँदै प्रहरीले राजधानीबाट र ३ महिला सहित ७८ जना ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना र भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।