शुक्रबार, चैत्र १६, २०८०

३२ जिल्लामा ६५ प्रतिशत मतदान : आयोग

काठमाडौ मंसिर १० प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा उच्च पहाडी र हिमाली क्षेत्र अन्र्तगत आज ३२ जिल्लामा भएको निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार पहिलो चरणको निर्वाचन अन्र्तगत मुलुकभर ६५ प्रतिशत मत खसेको छ भने बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको जनाएको छ ।  आजको ३२ जिल्ला अन्र्तगत प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाउनुभएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार एवम् समझदारीका लागि सवैमा आभार प्रकट गर्दै आयोगले पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोगले आग्रह पनि गरेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।