काठमाडौं कार्तिक् २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार गौर अस्पतालमा छैटौँ तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग्दामाग्दै आयोगको टोलीले आज कार्यकक्षबाटै पक्राउ गरेको जनाउदै झामाथि थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
यसैवीच आयोगले नेपाल विद्युत प्राधिकरण नेपालगंज बितरण केन्द्र, नो लाईट शाखा बाँकेमा कार्यरत ईलेक्ट्रिसियन जयराज न्यौपान विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा न्यौपानेले सेवाग्राहीसंग नयाँ कृषि बिद्युत मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुसररिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अनुसँधानगर्दा आयोगको कोहलपुर टोलीले टोलीले ९ हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।