बुधबार, बैशाख १२, २०८१

ह्याउँ निभाले नेवार समुदायको समग्र विकासमा प्रद्धिबद्ध उम्मेदवारलाइ सहयोग गर्ने

काठमाडौं कार्तिक २१, नेपाल भाषा र सांस्कृतिक क्षेत्रमा आन्दोलनरत ह्याउँ निभा पुचःले आसन्न संसदीय निर्वाचन र प्रदेश निर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने विषयमा आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।   नेवार समाजको आर्थिक विकास गर्ने उद्देश्यले नेवाः इकोनोमिक्स अभियान शुरु गर्न नेवाः चेम्बर अफ कमर्स एण्ड प्रोफेशनल्स संस्था स्थापनाको लागि दत्तचित्त भै लागिपरेको समेत सो अन्तरक्रियामा जानकारी दिईएको थियो ।

त्यस्तै कार्यक्रममा नेवाः स्वायत्त राज्यको स्थापनाको लािग प्रतिबद्ध, नेवाः प्रदेशमा भूमिप्रतिको स्वामित्व, नागरिकको राज्यमा समानुपातिक समावेसी सहकार्य मूलक पहुँच पु¥याउने, पूर्ण समानुपातिक चुनाव प्रणालीलाई अंगिकार गर्ने भाषिक समान अधिकारको ग्यारेन्टी गर्ने, सडक बिस्तारको पीडामा आवाज उठाउने, नेवारहरुको आर्थिक सामाजिक विकास गर्न प्रद्धिबद्ध रहने उम्मेदवारलाई भोट दिन अभिप्रेरित गर्ने ह्याउँ निभा पुचःको अभियान रहने बताईएको थियो ।

कार्यक्रममा संस्थासँग सम्बद्ध मनरात्न शाक्य, अनुप सिं सुवाल, मनराजा रंजित राकेश मास्के र यादव प्र. रंजितले पत्रकारहरुको विविध प्रश्नहरुको उत्तर दिनुभएको थियो ।