बुधबार, बैशाख १२, २०८१

सेवाग्राहीसँग घुस लिँदालिँदै नासु केशव स्थापित पक्राउ

काठमाडौ मंसिर ५ काठमाडौंको पुतलीसडकस्थित करदाता सेवा कार्यालयमा कार्यरत नायब सुब्बा केशव स्थापित घर्तीमगर सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।

नियमानुसार सेवाग्राहीको स्थायी लेखा नम्बर दर्ता खारेजी नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारले टोली खटाएको थियो । सो टोलीले ६ हजार रुपैयाँ घुस लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।

मगरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।