शुक्रबार, चैत्र १६, २०८०

सादा पोसाकको प्रहरी भन्दै गोली चलाएर भाग्दै गरेका दुइ भारतीय नागरिक पक्राउ

 काठमाडौं कार्तिक १५,  महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुईजनालाई अपरान्ह अपराह्न गोली हानेर भाग्नेक्रममा पक्राउ गरेको छ । पक्राउ परेका भारतीय नागरिक लुदियानाका गगनदीप सिंह र जसवीन सिंह रहेको जनाउँदै उनिहरुले प्रहार गरेको गोलीबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार राजधानीको प्रज्ञाभवन आसपासको क्षेत्रमा रहेको गन्डकी खाजाघरमा खाजा खाएका अभियुक्तद्दयले खाजाको बिल २२ सय रुपैयाँ उठेपछि झगडा गर्दै आफूहरु सादा पोसाकको प्रहरी भन्दै गोली चलाएर भागेका थिए । भाग्नेक्रममा कमलादी गणेशस्थानबाट उनीहरु पक्राउ परेका जनाएको छ ।