बिहिबार, बैशाख १३, २०८१

समाजसेवी अनुराधा काँग्रेसमा

 काठमाडौ कार्तिक २६,  चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि अनवरतरुपमा सक्रिय समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । आज प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्नुभएको हो ।

 पार्टी प्रवेस गर्दै कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताउनुभयो । उहाँले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान समेत गर्नुभएको छ । तस्वीर  :सीएनएन