शुक्रबार, बैशाख ७, २०८१

विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख

काठमाडौ मंसिर १३ , दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा अज्ञात समूहले विस्फोट गराउँदा सोही नगरपालिका वडा नं १८ बस्ने २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा १३ गते विहान निधन भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–ं५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली काँग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटनमा परी घाइते हुनुभएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको हो ।

यसैवीच सरकारले शोक सन्तप्त परिवारप्रति   समवेदना व्यक्त गर्दै बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ ।   प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गर्दै निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने नितिगत निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031