शुक्रबार, चैत्र १६, २०८०

वाम गठन्धनको घोषणापत्र आज सार्वजनिक गरिदै

काँग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारलाई संरक्षण र संस्थागत गरेको आरोप

काठमाडौ कार्तिक २१ ,वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र आज दिउँसो सार्वजनिक गर्ने भएको छ ।  त्यस्तै घोषणापत्रमा पाँच वर्षभित्र मुलुकको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिने परिवर्तनका सपनालाई घोषणापत्रमा समावेश गरिएको बताउँदै वाम गठबन्धनका शिर्ष नेतृत्व अर्थात एमाले र माओवादी केन्द्रका अध्यक्षको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने घोषणापमा मुलत काँग्रेस नेतृत्वको सरकारले निजीकरणको नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरु समाप्त गरेको साथै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको र भ्रष्टाचारलाई संरक्षण र संस्थागत गरेको आरोपको फेहरिस्त प्रस्तुत गरेको छ ।

 त्यस्तै नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्वबाट मात्र संभव भएको र यसको लागि वामपन्थीको बहुमतको सरकार आवश्यक रहेको त्यस्तै वामपन्थीको बहुमतको सरकारबाट आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार  रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारकालागि मुलुकमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको अवधारणा सहित विगतका केहि मुलभुत नारालाइ समेत समावेश गरिएको सम्वद्धस्रोतले जनाएको छ ।