बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपतिबाट लोकतान्त्रिक अधिकारको सदुपयोग गर्दै मताधिकार प्रयोग गर्न आह्वान

काठमाडौ मंसिर ९ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ ।

आइतबार ३२ जिल्लामा पहिलो चरणको निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि हुने निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका सञ्चाररविज्ञ माधव शर्माद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।