शुक्रबार, चैत्र १६, २०८०

राजश्वका कर्मचारी र बालाजुका प्रसनि भाटविरुद्ध मुद्दा दायर

काठमाडौ कार्तिक २०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय जनकपुरको कम्प्युटर शाखामा कार्यरत रामकिशोर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  कानूनबमोजिम दर्ता भएको पसल बन्द गरी पाऊँ भनी सेवाग्राहीले दिएको निवेदनमाथि कारबाही गर्दा रु ५० हजार घुस माग्दा माग्दै आयोगको टोलीले केही समय पहिले उनलाई पक्राउ गरेको थियो । घूस प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

 

यसैवीच आयोगले आजै सेवाग्राहीसँग थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै रु पाँँच लाख घूस मागेको अभियोग पक्राउ परेका महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा प्रस्तुत घुस प्रकरणमा बालाजु वृतका प्रहरी नायब निरीक्षक नवीनकृष्ण भण्डारी, इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी बताउने विनोद थापासमेत संलग्न देखिएको अनुसन्धानबाट खुलेको उल्लेख गर्दै सबै अभियुक्तलाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ ।