शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा ४ दिने अन्र्तराष्ट्रिय डिजिटल कला प्रदर्शनी

काठमाडौं कार्तिक् २५, सिन्ह्वा समाचार समिति र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा नेपाल र चीनवीचको सम्बन्धलाई थप मजवुत बनाउँने लक्ष्य सहित राजधानीमा शुक्रवारबाट तिब्बती सांस्कृतिक सम्पदामा आधारित चार दिने अन्र्तराष्ट्रिय डिजिटल कला प्रदर्शनी राजधानीस्थित सांग्रिला होटलमा सुभारम्भ गरिएको छ ।

 काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रदर्शनी उद्घाटन गर्नु भएको  उक्त प्रदर्शनीमा इन्टरनेशनल डिजिटल आर्ट एक्जिविशन अन तिब्बेतियन कल्चर हेरिटेज’ शीर्षक सो प्रदर्शनीमा तिब्बतका प्राचीन कला, संस्कृति, सम्पदा, पर्यटनलगायत विषयवस्तुलाई समावेश गरिएको छ ।  कार्यक्रममा सिन्ह्वा समाचार समितिका काठमाडौँ ब्यूरो प्रमुख झौ सेङपिङ लगयतका वक्ताले प्रदर्शनीको मार्मिकतामाथि प्रकास पार्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।