शनिबार, बैशाख ८, २०८१

यादब बने अल स्टार नेपाल्स नेक्स्ट टप मोडलको बिजेता

 जनकपुर मंसिर ४ , अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७, मोडल सङस नेपाल प्रालिद्दारा आयोजित अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ को उपाधि जिते राज यादबले जितेका छन । पुर्बाञ्चलको विभिन्न शहरमा अडिशन लिएर जनकपुरमा ग्रान्ड फिनाले गरिएको थियो ।   प्रतियोगिताको फर्स्ट रनरअप सुष्मिता अधिकारी , सेकेण्ड रनरअप र मस्ट पपुलर कृष्ण गुप्ता भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादब बिजेता बन्न सफल भएका थिए।

प्रतिस्पर्र्धी युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुमा निहित आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक डेभिल सिंह राजपुतले बताए । बिजेता जिते राज यादबलाइ नगद रु २५,००० सहित ट्रफी प्रदान गरिएको थियो ।

अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७ अन्तिम प्रतिष्प्रर्धामा मोडल संजय राज बिक्रम, रन्जना न्यौपाने सिंह र प्रसान्त गौतम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए भने प्रमुख अतिथिमा प्रहरी उपरिक्षक चक्र बहादुर सिंह रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।