शनिबार, बैशाख ८, २०८१

यस्तो छ सकुलको चन्द्रमुखी

काठमाडौं कार्तिक १७,  गायक सकुल विश्वकर्मा नेपाली संगित क्षेत्रमा सम्भावना बोकेको गायकको रुपमा उदायका छन् । कलेज जीवनबाट नै संगीत क्षेत्रमा केहि नयाँ आयाम सिर्जना गर्ने लक्ष्यसहित यस क्षेत्रमा होमिएका गायक विश्वकर्मा आफ्नो पहिलो गीत चन्द्रमुखी हो श्रोता माझ ल्याएका छन् ।

यो गीतबाट उनलाई नेपाली संगीत क्षेत्रमा अर्को प्रतिभाको आगमनका रुपमा हेरिएको छ । गायक स्वयमको शब्द र संगीत रहेको छ भने सञ्जय विश्वकर्माको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ जविकाले दिएकी छिन्