शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ काठमाडौं महानगरको नयाँ बन्ने मुख्यालयको  स्वरुप

  • प्रस्तावित भवन १ अर्ब ५० करोड रुपैयाँ रहने र ४२ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य

काठमाडौ कात्तिक १५, काठमाडौं महानगरपालिकाले स्थानीय निकायको निर्वाचन पछि जनप्रतिनीधी निर्वाचित भएसंगै १७ रोपनी ७ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको आफ्नो मुख्यालय भवनको भत्काएर नयाँ भवन बनाउने भन्दै नयाँ भवनको स्वरुपसमेत सार्वजनिक गरेको छ ।   यसअघि बाघदरबार भन्ने गरेको भएपनि भवन आफैमा बाघदरवार नभएर हरिभवन भएको जनाउ सहित अव बन्ने कामपाको भवन लिच्छवि, मल्ल, राणाकालीन र आधुनिक शैलीमा निर्माण गर्ने तयारी रहेको जानकारी कामपाका मेयर विद्यासुन्दर शाक्यले दिनु भएको छ ।

 त्यस्तै उहाँले प्रस्तावित भवन १ अर्ब ५० करोड रुपैयाँ रहने र ४२ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य रहेको जानकारी दिदै भवनको अग्रभागमा अहिलेकै स्वरुपको तीनतल्ले हुने र दोस्रो भवन लिच्छवि र मल्लकालीन शैलीको साढे ६ तल्लेको हुने जानकारी दिएको छ ।

साथै तेस्रो भवन भने आधुनिक टावर स्वरुपमा १५ तल्लाको हुने जहाँबाट काठमाडौं उपत्यका, वरपरको हिमशृंखला हेर्नसकिने र अरु तल्लहरुमा आइटी पार्क, म्युजियम, स्वास्थ्य सेवा–सुविधा, ढुंगेधारा र पाटीपौवा र अन्तर्राष्ट्रियस्तरको कूटनीतिक बैठक सेमिनार र सभा हलहरु रहने भवनमा भूमिगत तल्लासहित पार्किङको व्यवस्था रहने मंगलबार महानगरपालिकाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031