बुधबार, बैशाख १२, २०८१

मिस ज्यापु २०१७ का प्रतियोगिको प्रतिभा प्रदर्शन

काठमाडौं कार्तिक १९ , आगामी मंसिर २५ गते हुन गइरहेको मिस ज्यापु २०१७ का सहभागि प्रतियोगिहरुले आज आफुमा अन्र्तनिहित आफ्नो प्रतिभा प्रदर्शन अथार्त ( TALENT  SHOW)  गरेका छन ।

नासः मण्डलले ज्यापु समुदाय भित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्य सहित आयोजना गर्न लागिएको प्रस्तुत प्रतियोगितमा १७ वर्षदेखि २४ वर्ष उमेर समुहका, कम्तिमा एसएलसी उत्तिर्ण, ५ फिट अग्ला महिलाको सहभागिता रहेको छ ।

त्यस्तै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुँने प्रतियोगीलाइ क्रमस नगद ५० हजार २५ हजार, र १५ हजार र त्यस्तै गरि मिस ट्यालेन्टलाई १० हजार पुरस्कार दिइने जानकारी सहित प्रथम विजेतालाइ १४ औं राष्ट्रिय ज्यापु दिवसको एम्बेष्डरको उपाधी र निःशुल्क एअर होस्टेज तालिम समेत दिइने आयोक संस्थाले जनाएको छ । साथै प्रतियोगितामा विभिन्न विधाका विजयीलाई जनही ५००० का दरले पुरस्कार प्रदान गरिने बताईएको छ ।

 

को आयोजनामा