शुक्रबार, चैत्र १६, २०८०

मिस ज्यापुकी प्रतियोगिलाइ नेवाःनसा बनाउँने तरिका सिकाइयो

काठमाडौं कार्तिक १८, आगामी मंसिर २५ गते हुन गइरहेको मिस ज्यापु २०१७ अन्तर्गत हिजो दगु छेँमा आयोजित नेवाः नसा स्येनेज्या सम्पन्न भयो । कार्यक्रममा प्रतियोगिलाई मासको बारा, यःमह्री र चतामरी कसरी बताइन्छ, यी परिकार कहिले किन र कसरी बनाइन्छ भनि सिकाइएको थियो । दगु मिसा पुचःका अध्यक्ष लक्ष्मी महर्जनले नयाँ पुस्तालाई यसरी आफ्नो संस्कार, संस्कृति हस्तान्तरण गर्न पाएकोमा ज्यादै खुशी लागेको बताउनु भयो ।

मिस ज्यापुका संयोजक महेन्द्र राज डंगोलका अनुसार यस कार्यक्रममा उत्कृष्ट प्रतियोगिलाई मिस कल्चरको उपाधिबाट सम्मानित गरिने जानकारी दिनु भएको थियो । दगु मिसा पुचःको अगुवाइमा ज्यापु संस्कृति विकास कोषको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको थियो ।