शुक्रबार, बैशाख ७, २०८१

महिला र मतदान

 –रविना महर्जन-

मुलुकमा चुनावी माहोल छ स्थानिय निकायको चुनाव सकिए लगत्तै हाल प्रतिनिधि र प्रदेश सभाका चुनावले गाउँ शहर तातिएको छ।चोक चियापसल,घर कार्यालय देखि बिहाबारीको कार्यक्रममा समेत चुनाव कै चर्चा चुलिएको छ।उम्मेदवारको घर दैलो कार्यक्रम अनि भाषणले तिब्रता पाइरहेकै छ। मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भयो।मंसिर २१ गते बाँकी जिल्लामा हुने मतदानका लागि जोडतोडले उम्मेदवार ,कार्यकर्ता एवंम् समर्थक आफ्नो पक्षमा चुनावीमाऔल बनाउँन लागिपरिरहेका छन् ।

यी त भए चुनावी माहोलका केही पक्षहरु केलाउने सानो प्रयास। केही दिन अघि मात्र कान्तिपुर दैनिकीमा एउटा समाचारको शिर्षकमा आँखा पुगेको थियो कि महिलाहरु मतपत्र श्रीमान् लाई जिम्मा लाउँछन्। महिलालाइ मतपत्र कसरी हाल्ने , के मा चिन्ह लगाउने भन्ने जस्ता जानकारी नभएरै हो त रु कि जानाजान नै महिलाको मत खसाल्ने अधिकार खोसिँदै छ त ?  कि महिलाहरु नै मत हाल्न इच्छुक नभएर मतपत्र परिवारका पुरुषहरुलाइ जिम्मा लाउने कार्य भैरहेको छ ? यी नै प्रश्नहरुको जवाफ जान्न सानो सर्वेक्षण गरियो । बडा गज्जब लाग्यो ।

काठमाडौबाट नुवाकोटको यात्रा क्रममा मंसिर १० मा भएको चुनावमा भोट के मा हाल्नु भयो रु कस्तो लाग्यो भनेर बात मार्ने क्रममा धेरै विषयको विश्लेषण गर्ने अवसर पाएँ। धेरैजसो महिला दिदीबहिनीलाइ न त पार्टीका चिन्हका बारेमा जानकारी रहेको पाइयो न त उम्मेदवारको बारेमा नै । प्रायजसो महिलाहरु सूर्य ,रुखमा भोट हालेँ भन्दै थिए। तर सुर्य कुन पार्टीको चिन्ह हो त आमा भनेर सोधिएको प्रश्नको जवाफमा थाहा छैन भन्ने दुइ शब्द पाएँ।   अर्की वृद्ध महिलाले थप्नुभयो।हामीलाइ वृद्ध भत्ता बढाउने पार्टी हो,छोराले भन्या।त्यसैले सूर्यमा भोट हाल्या ।यस्तै यस्तै जवाफ भिड बाट आउँदै थियो। कोहि महिला दिदीबहिनीलाइ मेलापात घरधन्दाको चटारोले मतपत्र राम्रो संग हेर्ने फुर्सद सम्म नहुँदो रहेछ। समुहमा गएका दिदीबहिनीहरुले एक जनाले जुन चिन्हमा स्वस्तिक छाप हान्नुभयो बाँकी सबैले त्यही चिन्हमा हालेर मतपत्र खसालेको भनेर मुर्छा परि हाँस्दै जवाफ दिरहनुभएको थियो। कोहि श्रीमानले अरु केही नहेर ,रुखमा छाप लगा भनेको भरमा मतपत्र खसाल्नेपनी देखियो।

उमेरले ९० वर्ष नाघेका अधिकांस हजुरआमा र हजुरबाहरुसँग भोट के मा हाल्नुभो त भनेर सोध्दा ,छोराले मदत गर्या थियो।आँखा कमजोर छ ,हात काम्ने समस्या छ।हाल्न चाहिँ हालेँ सूर्यमा हालेँ क्यार भनेर उत्तर दिरहनुभएको थियो।पढेलेखेका महिला दिदीबहिनी पनि पारिवारिक र सामाजिक दबाब अलि बढी नै पर्या पो हो कि जस्तो लाग्यो। किनकि उहाँहरुको जवाफ नि अस्पष्ट थियो। भोट त कंग्रेसलाइ दिन मन थियो तर अर्कैलाई दिन पर्यो। के गर्नु घरका बुज्रुकले भन्नुभएसी मान्नै पर्यो।फेरि अर्को प्रश्न थपेँ। भोट त गोप्य तरिकाले दिनेँ हो नि,तपाईले आफ्नो मताधिकार प्रयोग गर्न किन अलमल्ल पर्नुभयो रु जवाफमा वचन दिसक्या थिएँ कसरी विश्वास तोड्नु। उफ् के के हो के के ?  म आफै छक्क परेँ।

कोहि महिला दिदीबहिनी मतदानस्थल सम्म जानै नपरे हुन्थ्यो ।घर धन्दाले फुर्सद हुन्न के जानू ताइ न तुइ ,गइएन भन्नेहरु पनि हुनुहुन्थ्यो ।रेडियो टीभीमा यति मत खसे ,पुरुष को यति महिलाको यति भन्ने समाचार सुनियो।अनि मन मनै विश्लेषण गरेँ,भोट त खस्यो तर साँच्चै विवेक प्रयोग गरि स्वतन्त्रपुर्वक महिलाले आफ्नो मताधिकार प्रयोग गर्न पाएका छन् त ? केही प्रतिशत महिलाहरुले आफ्नो बुद्धि विवेकले आफुले इच्छाएको पार्टीका लागि मतदान गरे तर अनगिन्ती महिला दिदीबहिनीले पारिवारिक दबाबमा मतदान गरेको देखियो।कोहि इच्छा नै नभएका कारण समुहमा छलफल गरि मतदान गरेर फर्कनेहरुको लर्को पनि देखियो। प्रत्यक्ष, समानुपातिक भनेको के हो ? थाहा छ भन्ने प्रश्ननको जवाफमा खोइ क्या हो क्या हो ?  भन्ने जवाफ पाइयो।

हुन त प्रतिनिधि सभाको चुनावमा २६६ जना पुरुष उम्मेदवार हुँदा महिला जम्मा १६ जना अनि प्रदेस सभामा ४०० जना पुरुष उम्मेदवार हुँदा महिला २० हुनुले पनि महिला सहभागितामा कति पछि परेको छ भन्ने कुरा २०७४ मंसिर १० गते अन्नपूर्ण पत्रीकाको पहिलो पृष्ठले छापेको खबरले पनि स्पष्ट पारेको छ। अवसर नदिएको हो या, हामी महिला नै सचेत नभएर पछि परेका हौँ ?  केही पढेलेखेका साथीलाइ सोध्दा हामी आफै पछि पर्या हौ ।अवसर माग्ने होइन सिर्जना पो गर्नुपर्छ भन्ने तर्कहरु आए। जे जस्तो भए पनि २ घन्टे भलाकुसारी गर्दा माथी उल्लेखित कुरा बुझ्न पाएँ। धेरैले मतदान सम्वन्धी शिक्षा भए हुन्थ्यो, के कसरी भोट हाल्ने ?  घोषणापत्र भन्छन्, त्यो भन्या के हो कसैले भन्दैन् ,बुझ्न पाको भए हुन्थ्यो अनि त्यही अनुसार भोट हालिन्थ्यो भनेर आफ्ना कुराहरु पनि राख्दै हुनुहुन्थ्यो।राम्रो र असल नेता पाउँ सबैको चाहना हुन्छ अब पार्टी नै चिन्या हुन्न अनि लोग्नेले जे मा हाल्नु भन्नुभो त्यसैमा भोट हालेर आइयो।को राम्रो को नराम्रो कसरी थाहा पाउने खोइ भन्दै सुस्केरा हाल्ने दिदीबहिनीहरुपनि भेटियो। मतपत्रका रंगहरुमात्र याद छ ,खोइ के मा हालेर आएँ त्यो नि याद छैन भन्ने दिदीबहिनीसँग बात मार्ने अवसर नि पाइयो।

समग्रमा ग्रामिण भेगतिर मतदान , मतपत्र,मत खसाल्ने विधीको बारेमा धेरैजसो महिला दिदीबहिनी अनभिज्ञ रहे जस्तो लाग्यो। आशा छ आगामी चुनावमा महिला दिदीबहिनीले आफ्नो बुद्धि विवेकले मतदान गर्न अघि बढ्नुहुनेछ।पहिले परिवारले नै मताधिकारको प्रयोफ गर्न दबाब नदिने किरु मतदान प्रणालीको बारेमा बुझाउने कि ?

-महर्जन,शिक्षण पेशामा  आवद्ध  हुनुहन्छ
(काठमाडौबाट नुवाकोटको यात्रा गर्दा बाटामा महिला दिदीबहिनीहरुसँग गरिएको कुराकानीमा आधारित)
च्वाडी प. मा.वि,नुवाकोट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031