बिहिबार, चैत्र १५, २०८०

मनोनयन दर्ताको रौनक

काठमाडौं कार्तिक १६,  आज आसन्न मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

 प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ भने मंसिर २१ गते १२८ प्रतिनिधिसभा र प्रदेशसभातर्फ २५६ क्षेत्रमा निर्वाचन हुने भएको छ ।