शुक्रबार, चैत्र १६, २०८०

मनकामना केबलकार २०औं वर्षमा

काठमाडौं मंसिर ८ , नेपालको पहिलो केबलकार मनकामना केबलकारले १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गरेको छ ।   स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठले परिकल्पना अनुरुप निर्मित केवुलकारले ०५५ साल मंसिर ८ गतेदेखि व्यवसायिक रुपमा संचालनमा आएको हो । यो सेवाको सुभारम्भ भएयता आम भक्तजनको मनकामना जाने अधुरो सपना विपनामा रुपान्तरण हुँदै आएको छ ।

कम्पनी २०औं वर्षमा प्रवेस गरेसंगै बढ्दो यात्रुको चापलाइ दृष्ठिगत गर्दै थप ३ वटा डब्वा थप्न लागेको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ जानकारी दिनु भएको छ ।

मनकामना केवुलकारले १९ वर्ष पूरा गरि २०औं वर्षमा प्रवेश गरेको यस अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना अभिव्यक्त गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।