बुधबार, बैशाख १२, २०८१

मतदाता नामावलीमा नाम दर्ता छ भने मताधिकार प्रयोग गर्न पाइन्छ : आयोग

काठमाडां मंसिर ९,  निर्बाचन आयोगले आसन्न प्रदेशसभा तथा प्रतिनिधीसभा निर्बाचनमा मतदाता परिचयपत्र हराएका वा नष्ट भएका मतदातालाई समेत मताधिकारको प्रयोग गर्न दिने भएको छ ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गरेका तर परिचयपत्र नलिएका वा परिचयपत्र हराएका वा नष्ट भएका मतदाताको मताधिकार सुरक्षित गर्न भन्दै मत हाल्न दिने निर्णय आयोगले गरेको छ ।

आयोगका प्रबक्ता नवराज ढकालले आयोगले वितरण गरेको फोटोसहितको परिचयपत्र कुनै कारणले हराएको वा नष्ट भएका मतदातको लागि यो सुर्वण अवसर स्वरुप  मतदान गर्न दिइने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।