शुक्रबार, बैशाख ७, २०८१

भयरहित वातावरणको सिर्जना गरी निर्वाचन सम्पन्न गर्न आयोगको आग्रह

 काठमाडौ मंसिर १३,  राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका क्रममा मंसिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विस्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मुत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्र्दै आयोगले मृतकका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज जारी गर्नु भएको विज्ञप्तिमा निर्वाचनका क्रममा भएका घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र भयरहित वातावरणको सिर्जना गरी निर्वाचन सम्पन्न गर्न सरकारसँग आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा ललितपुरको लगनखेलमा आमसभा नजिकै विस्फोट भएको, उदयपुरमा एम्बुसमा परी उम्मेदवारसहित गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचारसमेत भइरहेको, मोरङ, झापा, बारा, महोत्तरी, सप्तरी, ललितपुर, भक्तपुर, नवलपरासी र गुल्मीलगायतका जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोट, झडप भएको पाइएको र उम्मेदवारका घरमा विस्फोट गराइएको पाइएको भन्दै आयोगले ती घटनाको भत्र्सना गर्दै आयोगले निर्वाचनको प्रचारप्रसार, आमसभा गर्दा अन्य व्यक्तिको मानवअधिकारको सम्मान गर्न, संयमित र शान्तिपूर्णरूपमा निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकारका साथै सबै राजनीतिक दललाइ पनि आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031