बिहिबार, बैशाख १३, २०८१

बढ्दो इन्धनको मूल्यवृद्धि फिर्ता, साविककै मूल्यमा इन्धन बिक्री वितरण हुने

 काठमाडौ कात्तिक १६ , नेपाल आयल निगमको आज बिहान बसेको सञ्चालक समितिको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिएको छ ।
निगमले बुधबार मध्यरातबाट लागुहने गरि बढाएको मूल्यवृद्धि फिर्ता लिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा इन्धनको मूल्यवृद्धि गर्दा मतदातामा नकारात्मक असर पर्ने भन्दै तत्काल फिर्ता लिन ठाडो निर्देशन पछि  निगमले साविककै मूल्यमा इन्धन बिक्री वितरण हुने जानकारी दिएको छ ।

 निगमको बुधबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।