शनिबार, बैशाख ८, २०८१

फक्सिङ खोलामा उद्योगमन्त्री थापालाई लक्षित गरी बम प्रहार

काठमाडौं मंसिर ८,  प्रतिनिधि सभाका उम्मेदवार एवम् उद्योग मन्त्री सुनीलबहादुर थापालाइ लक्षित गरी धनकुटामा आज विष्फोट गराईएको छ ।   चुनावी प्रचार प्रसारको क्रममा रहनु भएका मन्त्री थापामाथि धनकुटाको खाल्सा गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान सााढे ७ बजेतिर विष्फोट गराएको स्थानीय प्रहरीलाए यदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 उम्मेदवार थापा चुनावी प्रचारको क्रममा जाँदै गरेको अवस्थामा उहाको गाडीलाई लक्षित गर्दै गराईएको बम विस्फोटबाट उहाँ सुरक्षित रहेको जनाउँदै अहिले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।