शुक्रबार, बैशाख ७, २०८१

प्रेस स्वतन्त्रताको अवस्था बुझ्न ७ वटै प्रदेशमा महासंघको टोली परिचालित

काठमाडौ मंसिर १०, नेपाल पत्रकार महासंघले यही प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्नका लागि मिसन टोली खटाउने भएको छ ।  महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा महासंघले सात वटै प्रदेशमा प्रेस स्वतन्त्रताको अवस्था बुझ्न महासंघको पदाधिकारीको नेतृत्वमा टोली परिचालित गरिएको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा प्रदेश ५ र ६ , उपाध्यक्ष विपुल पोख्रेलको नेतृत्वमा प्रदेश ७ र उपाध्यक्ष दिलीप थापामगरको नेतृत्वमा प्रदेश नम्बर १ र २ मा टोली र महासंघका महासचिव विष्टको नेतृत्वको टोली प्रदेश नम्बर ३ र ४ तथा उपत्यकामा सचिव रेम विश्वकर्माको नेतृत्वको टोली परिचालित गरिएको छ ।

त्यस्तै टोलीले निर्वाचनको बेला प्रेस स्वतन्त्रताको अवस्था बुझ्नुका साथै मतदान केन्द्र र मतगणना स्थलसम्म पत्रकारलाई सहज ढंगबाट समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण निर्माण गर्ने विज्ञप्तिमा उल्लेखगरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031