शुक्रबार, बैशाख १४, २०८१

प्रहरी अस्पतालले अवदेखि सर्वसाधारणको पनि उपचार गर्ने

काठमाडौ कार्तिक २६,  महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गर्दै नागरिकको पनि उपचार गर्ने व्यवस्था गरेको छ ।  नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुने बताउँदै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नागरिकका लागि प्रहरी अस्पताल खुला गरेका बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका उपलब्ध गराउँने व्यवस्था मिलाएको जानकारी दिदै सरकारी अस्पतालले दिँदै आएको शुल्कको दायरामा रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिनुभएको छ ।

यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।