शुक्रबार, बैशाख ७, २०८१

प्रम देउवाद्दारा दुःख व्यक्त

विभिन्न पार्टीका नेतागणद्वारा प्रकाशप्रति श्रद्धाञ्जलि अर्पण

 काठमाडौ मंसिर ३,  नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा   निधन भएकोमा दुःख व्यक्त गरेको छ ।  काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रतिसमवेदना प्रकट गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैवीच  पूर्वप्रधानमन्त्री प्रचण्ड    पुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशप्रति राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाललाइ उदृत गर्दै  प्राप्त समाचारमा  उल्लेख भए अनुसार  माओवादी मुख्यालय     पेरिस डाँडास्थित   अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको  थियो ।  त्यस्तै गरि श्रद्धाञ्जलि व्यक्त गर्न  काँग्रेस एमाले माओवादी केन्द्रका       नेतागण पनि  माओवादी मुख्यालय पुग्नु भएको  छ ।  यसक्रममा    काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुग्नुभएको थियो

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031