बिहिबार, चैत्र १५, २०८०

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि ४५ जिल्लामा मनोनयन दर्ता :आयोग

  • पहिलो चरण मंसिर १० गते प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि निर्वाचन हुने

  •  दास्रो चरण मंसिर २१ गते प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा निर्वाचन हुने

  • ४ हजार ७०८ जनाको उम्मेदवारी मनोनयन 

काठमाडौं कार्तिक १६ , आज आसन्न मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।  आयोगका अनुसार  दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचन अन्र्गत ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि १ हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ गरि ४ हजार ७०८ जनाको उम्मेदवारी मनोनयन  दर्ता भएको थाहा भएको छ ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो ।  प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ भने मंसिर २१ गते १२८ प्रतिनिधिसभा र प्रदेशसभातर्फ २५६ क्षेत्रमा निर्वाचन हुने भएको छ ।