बिहिबार, बैशाख १३, २०८१

पूर्व राष्ट्रपति यादवलाइ ‘जनआन्दोलन स्वर्ण पदक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक
उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतालाइ राष्ट्रपतिको आव्हान

 नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा
अगाडि बढाउनुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड

 काठमाडौ कार्तिक २४ , गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानद्दारा आज राजधानीमा सिंहको १०३ औँ  जन्मजयन्तीका अवसरमा आयोजित जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् राष्ट्रपति भण्डारीले मुलुकमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साह देखिए झैँ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई पनि एउटा ऐतिहासिक उत्सवकै रूपमा लिएर सहभागी हुन आमजनतालाइ आव्हान गर्नु भएको छ । 

साथै उहाँले स्व गणेशमान सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुष एवं त्यागका प्रतिमूर्तिका रूपमा परिचित रहेको चर्चा सहित नेपालमा राजनीतिक परिवर्तनका निमित्त लोकतन्त्रवादीहरूबीच सहकार्य गर्न नेता गणेशमानले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको बताउँदै संविधानले निर्देश गरे बमोजिमका सबै तहका निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गर्न लाग्नुनै स्व सिंहको वास्तविक सम्मान गर्नु भएको बताउँनु भएको छ ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले रत्नपार्कस्थित शान्तिबाटिकामा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण सहित शान्ति प्रक्रियाका विभिन्न चरणमा पु-याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएकोमा सम्मान स्वरुप  पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा जनआन्दोलन स्वर्ण पदक, २०७४’ विभूषित व्यक्तित्व एवम् गणतान्त्रिक मुलुकको पहिलो राष्ट्रपति डा यादवले सबैले स्वीकार गरेको नेपालको संघीय लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।  कार्यक्रममा रक्षा मन्त्री तथा प्रतिष्ठानका अध्यक्ष भीमसेनदान प्रधानले लोकतन्त्रलाई संस्थागत गर्नु नै शहीदको सच्चा सम्मान भएको बताउँनु भएको थियो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।