शुक्रबार, बैशाख १४, २०८१

पत्रकार पक्राउ र धरपकडप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं मंसिर ४ , नेपाल पत्रकार महासंघले सरकारद्दारा  केहि साता यतादेखि देशका विभिन्न स्थानमा पत्रकारमाथि प्रहरी हस्तक्षेप सहित धरपकड तथा पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा मध्यान्ह राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता दिपेश शाहीलाई आइतवार बिहान प्रहरीले पूर्व प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको समाचार संकलनका क्रममा नर्भिक अस्पताल पुगेका र अस्पताल परिसरबाट प्रहरीले पक्राउ गरेकोे जानकारी महासंघलाई प्राप्त भएको उल्लेख गर्दै समाचार संकलनका क्रममा प्रहरीबाट भएको यस्तो कार्यको महासंघ निन्दा गरेको छ ।

साथै पत्रकारमाथि हुने यस किसिमका घटना बन्द गर्न एवं पक्राउ गरिएका पत्रकार शाहीलाई तत्काल विना शर्त रिहा गर्न महासंघ जोडदार माग समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।