शुक्रबार, बैशाख ७, २०८१

नेता सिंहले भने-  कांग्रेसबाट भावी प्रधानमन्त्रीको उम्मेदवार मै हुँ’

  • एमाले–माओवादीको गठबन्धनलाई साम्यवादी व्यबस्थाको सपना नदेख्न चेतावनी

  •  काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने जनाउ

  •  कांग्रेसको पक्षमा मतदाता छन, कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको जनताले राम्रोसँग बुझेका छन्..

काठमाडौं कार्तिक २०, नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रभावशाली उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट आफु भावी प्रधानमन्त्रीको उम्मेद्वार भएको दाबी गर्नु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता सिंहले सवैकोणबाट पार्टीको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेदवार आफु नै भएको स्पष्ट पार्दै यसमा कुनै प्रश्न गर्नुपर्छजस्तो आफुलाइ नलागेको बताउँनु भएको छ ।

 कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नेता सिंहले आसन्न निर्वाचनमा कुनैपनि दलका बहुमत नआउँने तर काँग्रेस अबको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै काठमाडौंको जनताले लगातार विश्वास गरेर मलाई विजयी गराउँदै आउनुभएको छ, यसपटकपनि पूर्णरुपमा उहाँहरुको अपार माया पाउँने विस्वास व्यक्त गर्नु भएको छ ।

 साथै उहाँले काठमाडौंका जनताहरुले सपना बाँढ्नेहरु कदापी मतदान गनृ नहुँनेमा विशेष जोड दिदै साझा विवेकशिलका संयोजक तथा पूर्व पत्रकार रविन्द्र मिश्रलाई लक्षित गर्दै रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि नलाग्ने बताए । साथै उहाँले काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने जनाउ दिदै ‘देशभर लोकतान्त्रिक शक्तिलाई अत्याधिक मत दिएर विजयी गराउन आग्रह समेत गर्नु भएको छ ।
एमाले–माओवादीबीचको गठबन्धनले बहुमत ल्याउँछौं भनेको छ नि भनेर सोधिएको प्रशनको जवाफमा आफ्नो प्रतिष्पर्धी कोही नभएको भन्दै एमाले–माओवादीको गठबन्धनलाई साम्यवादी व्यबस्थाको सपना नदेख्न चेतावनी दिदै सहित नेता सिंहले भने यस्ता हावा कुराको पछि नलाग्नुस्, कम्युनिष्टहरुको बहुमत आउँदैन, कांग्रेसको पक्षमा मतदाता छन, कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएको जनताले राम्रोसँग बुझेका छन्, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सम्पन्न गर्नुपर्ने भएको कारण पनि आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031