बिहिबार, चैत्र १५, २०८०

नेता श्रेष्ठले भने-लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवै चरित्रविहिन

शरण डंगोल/ काठमाडौं मंसिर १४, आसन्न दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाइ लक्षित गरी संघीय समाजवादी फोरम नेपालले बुधवार काठमाडौं क्षेत्र नम्बर ७ चुनाव प्रचारको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा संघीय समाजवादीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकको वर्तमान राजनैतीक घटनाक्रमले नेपालको सच्चा लोकतान्त्रिक पार्टी संघीय समाजवादी फोरम नेपाल मात्र   भएको बताउँदै   ठुला भनिएका मुलुुकका दलहरुले गठबन्धन र तालमेलको नाममा देखाएको चरित्रले यी शक्तिहरु लोकतन्त्र, धर्म निरपेक्षता, गणतन्त्र विरोधी  भएको   दावी प्रस्तुत  गर्नु भएको  छ ।

 सत्तामा पुग्ने लालसामा राजतन्त्र हिन्दू राष्ट्र र एकात्मक शासन व्यवस्थाको पक्षधरसँग तालमेल गरिरहेका पार्टीलाइ लोकतान्त्रिक मान्न नसक्ने भन्दै   नेता श्रेष्ठले  न त लोकतान्त्रिक गठबन्धन भनिएकाबाट लोकतान्त्रिक चरित्र देखाए न त वाम गठबन्धनले नै बाम चरित्र देखाउनु सके भन्दै संघीयता, गणतन्त्र, धर्म निरपेक्षताको वकालत गर्ने पार्टी संघीय समाजवादी मात्रै भएको बताए ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर ७ (१)का प्रत्यक्ष उम्मेदवार ज्ञानेन्द्र मोहन श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सल्लाहाकार डा. महेशमान श्रेष्ठ ७ (१)का प्रत्यक्ष उम्मेदवार ज्ञानेन्द्र मोहन श्रेष्ठ प्रदेश सभातर्फ प्रत्यक्ष उम्मेदवार श्यामकृष्ण प्रजापति लगाउतले आफ्नो चुनावी एजेन्दा प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।