शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिनु : प्रमुख आयुक्त यादव

काठमाडौ कार्तिक २३ , आगामी निर्वाचनका लागि पर्यवेक्षण गर्न अनुमति प्राप्त स्वदेशी र विदेशी विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधीसंगको अभिमुखीकरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको क्रममा गरिने निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिन निर्वाचन पर्यवेक्षकलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै आयोगद्दारा आज जारी विज्ञप्तिमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पर्यवेक्षणको काम निकै जिम्मेवार र जटिल विषय भएको भन्दै जिम्मेवार भएर निर्वाचनको पर्यवेक्षण गर्न जोड दिनु भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वदेशी तथा विदेशी पर्यवेक्षकले स्वतन्त्र र निष्पक्ष भएर गरिने पर्यवेक्षणबाट उम्मेदवार, मतदाता र सरोकार भएकाहरु सतर्क हुने र त्यसबाट निर्वाचनलाई सहयोग पुग्ने बताउ नुभएको थियो भने  आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनमा एकरुपता ल्याउन र एउटै बुझाइ होस् भनेर प्रशिक्षणको आयोजना गरिएको जनाउँदै पर्यवेक्षण आचारसंहिताभित्र रहेर कार्यसम्पादन गर्न सुझाव दिनुभएको उल्लेख गरिएको छ । निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चारसंस्थालाई अनुमति दिएको  छ ।