शुक्रबार, चैत्र १६, २०८०

निर्वाचनको समाचार संकलन विभागद्दारा जारी पत्रकार परिचय पत्रबाटै

काठमाडौं मंसिर १ , निर्वाचन आयोगले आगामी मंंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान तथा मतगणनाको समाचार संकलन तथा छायांकनका लागि निर्वाचन आयोगबाट विशेष पासको व्यवस्था नभएको जनाएको छ ।  आजै जारी विज्ञप्तिमा आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि सबै समाचारमाध्यमका पत्रकार / फोटो पत्रकारले सूचना विभागबाट जारी पत्रकार परिचयपत्रका आधारमा मतदान तथा मतगणनाको समाचार संकलन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा मतदान तथा मतगणना हुने दिनमा सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार संकलन, छायांकन र तस्वीर लिन सकिने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।