बिहिबार, चैत्र १५, २०८०

निजामती कर्मचारीको चेतावनी : मताधिकारबाट वञ्चित गरिए आन्दोलन

काठमाडौं कार्तिक २३ ,  निजामती कर्मचारीले आसन्न मंसिर २१ र १० गते हुन गइरहेको निर्वाचनमा आफ्नो मताधिकार गर्नबाट वञ्चित गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानप्रदत अधिकार अर्थात १८ वर्ष पुगेका नागरिकलाई मताधिकार सुनिश्चित गरेको अवस्थामा यो वा त्यो वहानामा आफ्नो मताधिकार हनन गर्ने विषय किमार्थ स्स्किार्य नहुने भन्दै यस्तो चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक निर्वाचनमा कर्मचारीले मताधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै आसन्न निर्वाचनमा पनि मताधिकारको प्रयोग गर्न दिइनुपर्ने माग सहित मतदान गर्नबाट वञ्चित गरिए चुप लागेर नबस्ने अभिमत प्रस्तुत गर्दै     अध्यक्ष पुण्यप्रसाद ढकाल   उपाध्यक्ष भोलानाथ पोखरेल लगायतका कर्मचारी नेताले  लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गरे पनि निर्वाचन आयोगले त्यसलाई बेवास्ता गर्नु दुखद भएको भन्दै    ‘कर्मचारीलाई मताधिकार नदिए सबै कर्मचारी निर्वाचन छोडेर आन्दोलन गर्न बाध्य हुने बताएका थिए । ।