शनिबार, बैशाख ८, २०८१

ढुङ्गानाद्वारा निर्वाचनमा सहयोग गर्न नेमकिपालाई आग्रह

भक्तपुर कार्तिक २९ नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।   रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउनु, नसके राम्रो उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो । नेमकिपालाई नीतिगत रुपमा तटस्थ बसे पनि उम्मेदवारीको रुपमा तटस्थ नबस्न समेत उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस भक्तपुर १ नं. निर्वाचन क्षेत्रका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई साँस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवार भएको दाबी गर्नुभएको छ भने भक्तपुर काँग्रेस निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा क का उम्मेदवार जीवन खत्री, ख का उम्मेदवार अनिल भुजु, निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।