शुक्रबार, बैशाख ७, २०८१

ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसादको अपिल

काठमाडौं मंसिर ८,  प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन अन्र्तगत आगमाी आइतवार ३२ जिल्लामा हुने पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेको जनाउ  दिदै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले भन्दै ढुक्क भएर मतदान गर्न आममतदाताहरुलाई अपिल गर्नु भएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह   फैलाईएको सवालमा विमति सहित सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त छ अफवाहको पछि नलागी ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नु भएको हो ।

 त्यस्तै उहाँले पहिलो चरणको निर्वाचनको मौन अवधि जारी रहेका भन्दै यसवीचमा  आचारसंहिताको पूर्ण पालना गर्न उम्मेदवार तथा दलका नेता र कार्यकर्ताहरुलाई समेत आग्रह गर्दै मिडियाहरुलाई पनि समाचार सम्प्रेषण तथा प्रशारण गर्दा अतिरञ्जित नगर्न आग्रह गर्दै  आसन्नन निर्वाचन मुलुकमा संविधान कार्यान्वयन गरेर स्थायित्व र समृद्धिको यात्रामा अघि बढ्ने खुड्किलो भएकोले पूर्ण रुपमा सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।