मङ्लबार, बैशाख ११, २०८१

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौ मंसिर ९, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानत व्यवस्था अनुरुप आइतवार १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने निर्वाचनमा नेपाली नागरिकलाइ सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ ।

प्र्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत यस्तो आव्हान गर्दै सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास समेत व्यक्त गर्नु भएको छ । जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।