शुक्रबार, बैशाख ७, २०८१

टोखाको समग्र विकास आफ्नो उच्च प्राथमिकता डा. महत

 काठमाडौ कार्तिक १८, नेपाली कांग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले टोखा नगरपालिका वडा नं. ३ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऐतिहासिक नगरी टोखाको कला, संस्कृति र सम्पदा संरक्षणका लागि क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।   डा. महतले टोखा सभ्यता र संस्कृति जोगाउन आवश्यक रहेको बताउँदै टोखा क्षेत्रको विकासमा लाग्ने बताए । उनले क्षेत्र नं. ५ को समंग्र विकास आफ्नो उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता सहित मुलुकलाई कम्युनिष्ट अधिनायकवादबाट जोगाउन लोकतन्त्रवादीहरुको जित अपरिहार्य रहेको बताए ।

त्यस्तै उहाँले आफ्ना प्रतिस्प्रर्धी उम्मेदवारप्रति लक्षित गर्दै भने– उहाँ दोलखामा जन्मिएर झापा हुँदै जनकपुरमा अध्ययन गरेर त्यहि चुनाव लडेको बताए । जनकपुरमा असफल भए पछि मात्र उनी काठमाडौंबाट चुनाव लडेको प्रसङ्ग डा. महतले उल्लेख गरे । आफु माथि लागेको आरोपको प्रतिवाद गर्ने क्रममा उनले उक्त प्रसङ्ग उल्लेख गरेका हुन । डा. महतले आफुले व्यक्तिगत विवादमा लाग्न नचाहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश ‘ख’का उम्मेदवार एंव क्षेत्र नंं ५ का सभापति रमेश खड्काले कांग्रेसले लोकतन्त्रको संरक्षण र विकास गर्ने भएकाले जिताउनु पर्ने बताए । उनले कांग्रेसले सक्षम, बौद्धिक र प्रभावशाली नेतालाई उम्मेदवार बनाएकाले एक ढिक्का भएरु चुनावमा होमिन कार्यकर्तालाई आब्हान गरे ।
समानुपातिक तर्फका उम्मेदवार मनिष जोशीले टोखाको विकास कांग्रेसको जितले मात्रै सम्भव हुने बताए । कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष एंव कांग्रेस इकाई सभापति दीपक जोशी, वडा नंं .३ का अध्यक्ष शिहराज श्रेष्ठ, कांग्रेस ३ नंं. इकाइका सभापति ओम विमली लगायतले सम्बोधन गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031