शुक्रबार, चैत्र १६, २०८०

ज्यापु दिवसको अवसरमा राजधानीमा वृहत साइकल-याली

काठमाडौं मंसिर २, आगामी १७ गते मनाइने १४ औं राष्ट्रिय ज्यापु दिवसको उपलक्ष्यमा दगु दाफा खलः तथा ज्यापू संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा एक वृहत साइकल -यालीको आयोजना गरियो ।

२५० भन्दा बढी साइकल यात्रीको सहभागिता रहेको सो -याली दगु छेँ, मचलीबाट शुरु भै ईनाखा, गोफल, लगन, ओमबहाल, न्यूरोड, इन्द्रचोक, मखन, भिमसेनस्थान, ताहाचल, गाईबाच्छा पाटी, रिङ्गरोड, एल.आर.आई स्कूल, नयाँ नैकाप, दहचोक, चन्द्रागिरी, मातातीर्थ, किपुल्चा, सतुंगल, बसिं गाँ, ताप ख्यः केपु, नगाँ, हुँदै किर्तिपुरको पाँगा पुगेपछि समापन गरिएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।