शुक्रबार, चैत्र १६, २०८०

जनताले भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन प्रम देउवाको विशेष निर्देशन

काठमाडौ मंसिर ४,  आसन्न निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सुरक्षाको प्रबन्ध मिलाउन प्रतिबद्ध रहेको अभिव्यक्ति सहित सुरक्षा निकायलाई विशेष निर्देशन दिनुभएको छ ।   गृहमन्त्रालयद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रम देउवाले निर्वाचनको क्रममा मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रूपमा मतदान गर्ने वातावरण बनाउन भन्दै यस्तो निर्देशन दिनु भएको हो ।

त्यस्तै कार्यक्रममा गृह सचिव मोहनकृष्ण सापकोटाले पनि निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको मन्त्रालउद्दारा जारी विज्ञप्तिमा उल्लेख गएिको छ ।

त्यस्तै विज्ञप्तिमा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले सहित सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएका जिल्लाको क्षेत्रगत सुरक्षा व्यवस्थाको अवस्था र निर्वाचनको सुरक्षा योजनाको रोडम्यापको जानकारी दिनु भएको उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।