बिहिबार, बैशाख १३, २०८१

चिकित्सा शिक्षा अध्यादेश २०७४’ जारी

काठमाडौ कार्तिक २४,  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ । मन्त्रिपरिषद्बाट गत कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा. गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गर्नुभएको थियो । फोटो :राष्ट्रपतिको कार्यालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।