बिहिबार, बैशाख १३, २०८१

खड्गीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

काठमाडौ कार्तिक २३ , आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नं. ८मा जनसमाजवादी पार्टी र नेकपा मालेका का तर्फबाट साझा उम्मेदवार बन्नुभएका युवा नेता मनोज नेवा खड्गीको चुनावी गतिविधि प्रचारप्रसार गर्न नेपाल खड्गी सेवा समितिका अध्यक्ष अन्जिता खड्गीको संयोजकत्वमा निर्वाचन परिचालन मुल कमिटी गठन गरिएको छ ।

समिति गठनका लागि आज क्षेत्र न. ८ अन्र्तगतको वडा न .१९मा आयोजित कार्यक्रममा उम्मेदवार मनोज नेवा खड्गीले आफ्नो उम्मेदवारकिो आवश्यकता औचित्य माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै नव गठित मुल समितिले शुक्रवार क्षेत्रव्यापीरुपमा वडा समिति गठन गर्ने अन्तिम तयारी रहेको जानकारी दिदै आसन्न निर्वाचनमा सहयोग गर्न उपस्थित सवैमा अपिल गर्नभएको थियो ।